Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पर्सा–२ मा नेकपाबाट मनाेज चाैधरी उम्मेदवार

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि मनाेज चाैधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले केन्द्रिय सदस्यसमेत रहेका चाैधरीलाई पर्सा–२ को टिकट दिएको हो । वीरगंज महानगरपालिका–१७ निवासी चाैधरी विद्यार्थी कालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।

उनी नेकपाका सहसंयोजक माधव कुमार नेपालसँग नजिक रहेका नेताका रूपमा चिनिन्छन् । टिकट पक्का भएपछि चाैधरीले भोलि मंगलबार मनोनयन दर्ताका लागि आवश्यक तयारी थालेका छन् ।

नेकपाले यस क्षेत्रबाट चाैधरीसहित प्रभाकर गुप्ता र सत्यनारायण राैनियारकाे नाम उम्मेदवारकाे लागि सिफारिस गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...