Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

एमालेले पर्सा–२ मा रिमा कुमारी यादवलाई दियो टिकट

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पर्सा क्षेत्र नं. २ बाट रिमा कुमारी यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी २९ वर्षिय  यादवलाई एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि औपचारिक रूपमा टिकट दिएको हो ।

एमालेका केन्द्रीय सदस्य विजय सरावगी तथा मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव लगायत पार्टीका प्रभावशाली नेताहरूको समर्थनमा रिमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ ।

यसैगरी पर्सा क्षेत्र नं. १ मा पुर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई एमालले उम्मेदवार बनाएको छ ।

आईतवार राती जसपा परित्याग गरेर एमाले प्रवेश गरेका पुर्व मन्त्री यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि पर्सा १ मा एमाले टिकट दिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...