Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सा–३ मा जयसवाल र ४ मा मियाँ एमालेका उम्मेदवार, १ र २ मा नयाँ अनुहारको खोजी

spot_img
spot_img

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पर्सा क्षेत्र नं. ३ र ४ का उम्मेदवार टुंगो लगाएको छ।

शनिबार राति बसेको एमाले सचिवालय बैठकले पर्सा क्षेत्र नं. ३ बाट प्रमोद जयसवाल र क्षेत्र नं. ४ बाट जालिम मियाँलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो।

क्षेत्र नं. ३ बाट टिकट पाएका प्रमोद जयसवाल पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य हुन्। उनी यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा पर्सा क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनी एमाले प्रवेश गरी मन्त्रीसमेत बनेका थिए।

उक्त क्षेत्रमा एमालेको क्षेत्रीय तथा जिल्ला समितिले जयसवालसंगै पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता र युवा उद्यमी रूपेश पाण्डे सहित १० जनाको नाम सिफारिस गरेको थियो।

यसैगरी, पर्सा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका जालिम मियाँ यसअघिको प्रतिनिधि सभा निर्वाचनमा पनि एमालेबाट प्रतिस्पर्धा गरेका थिए । तर उनी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालसँग पराजित भएका थिए । मियाँ जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्षसमेत हुन्।

क्षेत्र नं. ४ मा एमालेको क्षेत्रीय तथा जिल्ला समितिले मियाँसँगै बिरेन्द्र यादव र गुकुली कुमारी रेग्मीको नाम पनि सिफारिस गरेको थियो।

पर्सा क्षेत्र नं. १ र २ का उम्मेदवार भने अझै टुंगो लाग्न बाँकी छ । एमाले सचिवालय बैठकले ती दुई क्षेत्रका उम्मेदवार टुंग्याउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

एमाले स्रोतका अनुसार जिल्लास्तरका नेताहरूले क्षेत्र नं. १ मा बसरुदिन अन्सारी र क्षेत्र नं. २ मा अरबिन्द सिंहलाई उम्मेदवार बनाउने सुझाव दिएपनि अध्यक्ष ओलीले त्यसमा सहमति जनाएका छैनन् । यी क्षेत्रमा उनी नयाँ अनुहारको खोजीमा रहेको बुझिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...