Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बाराका चारै क्षेत्रमा एमालेले टुंग्यायो उम्मेदवार, ईश्वर समुहकाे पौडेलले पाएन टिकट

spot_img
spot_img

बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाराका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ।

एमालेले बारा निर्वाचन क्षेत्र नं. १ बाट अच्युत मैनाली, बारा–२ बाट बलबीर चौधरी, बारा–३ बाट ज्वालाकुमारी साह र बारा–४ बाट कृष्णकुमार श्रेष्ठ (किसान) लाई उम्मेदवार बनाएको हो।

मैनाली, साह र श्रेष्ठ निवर्तमान संघीय सांसद हुन् भने चौधरी २०७० सालको संविधान सभा सदस्य रहिसकेका छन् । टिकट पाउने चारै जना एमालेभित्र अध्यक्षकेपी शर्मा ओली निकट मानिने नेताका रूपमा चिनिन्छन्।

यसअघि तल्ला कमिटीले बारा–१ बाट ईश्वर पोखरेल समूहसँग नजिक मानिने पुरुषोत्तम पौडेलको नामसमेत सिफारिस गरेको थियो। तर अन्ततः उनले टिकट पाउन सकेनन्।

उम्मेदवारहरूको पृष्ठभूमि हेर्दा मैनाली बारा–१ बाट तेस्रो पटक प्रतिनिधि सभा उम्मेदवार बनेका हुन् । ज्वालाकुमारी साह प्रदेश सभा बाहेक संघीय तहमा दोस्रो पटक प्रतिस्पर्धामा उत्रँदै छन् भने कृष्णकुमार श्रेष्ठले बारा–४ बाट दोस्रो पटक उम्मेदवारीको अवसर पाएका छन्।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा किसान श्रेष्ठ तत्कालीन माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार थिए। उनी केही समयअघि नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...