Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

बाराका चारै क्षेत्रमा एमालेले टुंग्यायो उम्मेदवार, ईश्वर समुहकाे पौडेलले पाएन टिकट

spot_img
spot_img

बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाराका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ।

एमालेले बारा निर्वाचन क्षेत्र नं. १ बाट अच्युत मैनाली, बारा–२ बाट बलबीर चौधरी, बारा–३ बाट ज्वालाकुमारी साह र बारा–४ बाट कृष्णकुमार श्रेष्ठ (किसान) लाई उम्मेदवार बनाएको हो।

मैनाली, साह र श्रेष्ठ निवर्तमान संघीय सांसद हुन् भने चौधरी २०७० सालको संविधान सभा सदस्य रहिसकेका छन् । टिकट पाउने चारै जना एमालेभित्र अध्यक्षकेपी शर्मा ओली निकट मानिने नेताका रूपमा चिनिन्छन्।

यसअघि तल्ला कमिटीले बारा–१ बाट ईश्वर पोखरेल समूहसँग नजिक मानिने पुरुषोत्तम पौडेलको नामसमेत सिफारिस गरेको थियो। तर अन्ततः उनले टिकट पाउन सकेनन्।

उम्मेदवारहरूको पृष्ठभूमि हेर्दा मैनाली बारा–१ बाट तेस्रो पटक प्रतिनिधि सभा उम्मेदवार बनेका हुन् । ज्वालाकुमारी साह प्रदेश सभा बाहेक संघीय तहमा दोस्रो पटक प्रतिस्पर्धामा उत्रँदै छन् भने कृष्णकुमार श्रेष्ठले बारा–४ बाट दोस्रो पटक उम्मेदवारीको अवसर पाएका छन्।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा किसान श्रेष्ठ तत्कालीन माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार थिए। उनी केही समयअघि नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...