Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

क्यान्सर र गम्भीर बिरामीलाई निःशुल्क सेवा दिने आकाशलाई ठोरी गाउँपालिकाले दिइयो ई–रिक्सा

spot_img
spot_img

वीरगंज । ठोरी गाउँपालिका १ का युवा आकाश अर्याललाई क्यान्सर पीडित र गम्भीर बिरामीलाई निःशुल्क अस्पतालसम्म पुर्‍याउने निरन्तर सामाजिक सेवाको कदर गर्दै स्थानीय युवा दाता र ठोरी गाउँपालिकाको संयुक्त पहलमा करिब ६ लाख रुपैयाँ मूल्यको ई–रिक्सा हस्तान्तरण गरिएको छ।

ठोरी गाउँपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो भने ५४ जना स्थानीय युवादाताबाट संकलित ३ लाख रुपैयाँबाट ई–रिक्सा खरिद गरिएको थियो। उक्त ई–रिक्सा भरतपुर महानगरपालिका–९ स्थित मिस्ट गार्डेनमा आयोजित एक कार्यक्रममा आकाश अर्याललाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ठोरी–चितवन समन्वय समाजका प्रवक्ता सुदिप थापा, ठोरी उपभोक्ता समितिका अध्यक्ष जीवन खड्का, होटल व्यवसायी संघका केन्द्रीय सदस्य हीरा श्रेष्ठ, फुड श्याकका सञ्चालक सुसान्त सिंह ठाकुरी र ठोरी गाउँपालिका १ का वडाध्यक्षका प्रत्यासी नवराज फुयालले आकाश अर्यालको योगदानको प्रशंसा गर्दै यस्ता सेवाले समाजलाई सकारात्मक दिशातर्फ लैजाने विश्वास व्यक्त गरे।

आकाश अर्यालले स्थानीय दाता र गाउँपालिकाको सहयोग र विश्वासको कदर गर्दै धन्यवाद व्यक्त गर्दै भने कि, “हालसम्म करिब पाँच हजार बिरामीलाई निःशुल्क अस्पताल सेवा पुर्‍याइसकेको छु। यसरी सहयोग निरन्तर रहोस् भन्ने मेरो आशा छ।” अभियानका क्रममा सहयोग संकलनको नेतृत्व धीर सिंह घिमिरे र सन्तोष श्रेष्ठले गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...