Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

नेपाली कांग्रेस पर्सा–४ को क्षेत्रीय भेला माघ ३ गते

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसम्पादन समितिको बैठक सोमबार वीरगंजमा सम्पन्न भएको छ। बैठकले यही माघ ३ गते शनिबार क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको हो।

क्षेत्रीय भेलामा क्षेत्रभरिका सम्पूर्ण निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय कार्यसमिति सदस्य, प्रदेश कार्यसमिति सदस्य, बुथ सभापति, वडा कार्यसमिति सदस्य, भ्रातृ संघ–संगठनका प्रतिनिधि तथा अगुवा कार्यकर्ताको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

क्षेत्रीय सचिव बलिष्टर अहमदका अनुसार भेला जगरनाथपुर गाउँपालिकाको झखरा मसिहानीमा आयोजना हुनेछ। भेलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको रणनिति तथा पार्टीको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिने जनाइएको छ।

क्षेत्रीय सभापति एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा तथा केन्द्रीय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नविन सिंहलगायत नेताहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...