Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

एन–प्याब्सनद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन एन–प्याब्सन वीरगंज समितिको आयोजनामा संगठनको २८औँ राष्ट्रिय स्थापना दिवसको अवसरमा शनिबार वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

एन–प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन–प्याब्सनका केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसियाले उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौरसियाले एन–प्याब्सनले शिक्षा क्षेत्रसँगै समाजसेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै रक्तदानजस्ता कार्यक्रमले मानव जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा अध्यक्ष जियालाल गुप्ताले रक्तदानजस्तो पवित्र कार्यमा सहभागी सम्पूर्ण रक्तदाताहरू, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

समाजसेवा र मानवीय उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा ७ महिला सहित कुल ७० जनाले रक्तदान गरेकाे रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ। कार्यक्रमको समन्वय सचिव शेख अजहर तथा कोषाध्यक्ष प्रमोद साहले गर्नुभएको थियो।

कार्यक्रममा सनी दुबे, राकेश यादव, दीपक तुल्स्यान, शौकत अली, हरिन्द्र कुशवाहा, राजेन्द्र आचार्य, श्रीनारायण साह, सोनालाल पटेललगायत विभिन्न विद्यालयका निर्देशक, शिक्षाविद् तथा एन–प्याब्सनका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...