Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरीको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाद्वा टिकटक प्रतियोगिता आयोजना

spot_img
spot_img

सेढवा । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ठोरी गाउँपालिकाले गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले TikTok प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । देशभरका नेपाली TikTok प्रयोगकर्तालाई लक्षित गर्दै प्रतियोगितामा सहभागिताका लागि गाउँपालिकाले आह्वान गरेको हो ।

प्रतियोगिताअन्तर्गत सहभागीहरूले ठोरी गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन हुने गरी TikTok भिडियो तयार गर्नुपर्नेछ । भिडियोमा ठोरीका प्रमुख पर्यटकीय गन्तव्यहरू स्पष्ट रूपमा देखिनु अनिवार्य रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार अश्लील शब्द प्रयोग गरिएको, अरूको मानहानी हुने, व्यक्ति, संस्था वा स्थानको अपमान गर्ने, जातीय, धार्मिक वा राजनीतिक द्वन्द्व फैलाउने तथा समाजमा अपाच्य विषय समावेश भएका TikTok भिडियोहरू प्रतियोगितामा समावेश गरिने छैनन् ।

विजेता छनोट गर्दा भिडियोको Views, Likes, Comments तथा पर्यटकीय विषयवस्तुको प्रस्तुति प्रत्येकलाई २५ प्रतिशत भार दिइनेछ । नेपालीपन र ठोरीको पहिचान झल्किने भिडियोहरूलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले स्पष्ट पारेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता मिति २०८२ पुस २५ गतेदेखि २०८२ माघ २५ गतेसम्म एक महिनासम्म सञ्चालन हुनेछ । उक्त अवधिभित्र अपलोड गरिएका TikTok भिडियोहरू मात्र प्रतियोगितामा सहभागी मानिनेछन् । भिडियो तयार गरेपछि सहभागीले ठोरी गाउँपालिकाको आधिकारिक TikTok ID ‘Thori Gaupalika’ लाई Like, Follow तथा Mention गर्नुपर्नेछ ।

TikTok भिडियो नेपाली वा भोजपुरी भाषामा बनाउन सकिनेछ भने भिडियोको अवधि कम्तीमा ३० सेकेन्ड र बढीमा १ मिनेट हुनुपर्नेछ । प्रतियोगिता सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...