Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

हरिखेतानको विवाद समाधानतर्फ जेन जी पर्साको पहल, पहिलो चरणको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जेन-जी पर्साको समन्वय र अग्रसरतामा वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको विवादका विषयमा पहिलो चरणको बैठक सम्पन्न भएको छ।

क्याम्पसलाई निजीकरणतर्फ लैजाने गतिविधि, सञ्चालक समितिद्वारा गरिएको मनपरी नियुक्ति तथा अन्य संरचनागत समस्याका कारण शिक्षक, विद्यार्थी र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर परिरहेको विषयमा बैठकमा गम्भीर छलफल भएको जेन जी पर्साका संयोजक विशेष साहले जानकारी दिए।

बैठकमा सहभागीहरूले क्याम्पसको शैक्षिक मर्यादा, संस्थागत स्वायत्तता र सार्वजनिक हितलाई जोगाउन तत्काल पहल आवश्यक रहेकोमा जोड दिएका थिए। समस्याको दीर्घकालीन र संस्थागत समाधानका लागि शिक्षक, विद्यार्थी, सञ्चालक समिति, अभिभावक तथा सरोकारवाला सबै पक्षसँग चरणबद्ध रूपमा संवाद अगाडि बढाइने जेन जी पर्साले जनाएको छ।

सार्वजनिक शैक्षिक संस्थाको संरक्षण र सुधारका लागि युवाहरूले देखाएको सक्रियता सराहनीय रहेको सहभागीहरूको भनाइ थियो। बैठकले हरिखेतान बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर र विश्वास पुनःस्थापना गर्न सकारात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...