Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

श्रमिकको मृत्युको अनुसन्धान सुरु

spot_img
spot_img

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत श्रमिकको मृत्युका सम्बन्धमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सो कम्पनीमा कार्यरत रौतहट चन्द्रपुरका ६० वर्षीय सुरता माझीको आइतबार दिउँसो काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएको हो ।

“माझीको अचानक मृत्युको खबर पाउनासाथ घटनास्थलको अवलोकन गरेका छौँ”, इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक ताराबहादुर तामाङले भन्नुभयो, “अब अस्पतालमा पुर्याएर शव परीक्षण ९पोष्टमार्टम० गरिएपछि माझीको मृत्युबारे केही तथ्य आउन सक्ला ।”

माझी वर्कसपमा काम गर्दागर्दै अचानक ढलेका थिए । लगत्तै उनको मृत्यु भएको कम्पनी सञ्चालक विजय लो तामाङको भनाइ छ । प्रहरीले शव परीक्षण रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज कारागारबाट फरार कैदी भारतको आदापुरमा पक्राउ

वीरगंज । वीरगंज कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४...

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...