Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड बढ्दै जाँदा शुल्क तिरेर ख्क्ष्ए गेटबाट मन्दिर प्रवेश गर्न खोज्ने भक्तजनसमेत देखिएका छन्।

मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। लामो लाइनमा बसेर दर्शन गर्नुपर्ने अवस्थाका बीच केही भक्तजनले शुल्क तिरेर VIP गेटमार्फत छिटो प्रवेश गरी दर्शन गर्ने प्रयास गरेका छन्।

धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा रहेको गहवामाई मन्दिरमा भक्तजनको बढ्दो उपस्थितिले उत्सवमय वातावरण बनेको छ। भीड व्यवस्थापन, सहज दर्शन र भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले आवश्यक व्यवस्था मिलाउनुपर्ने देखिन्छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ...

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...