Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

spot_img
spot_img

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्।

प्राप्त विवरणअनुसार, धनुषाको जनकपुर उपमहानगरपालिका–१३, धाताटोल निवासी अन्दाजी १८ वर्षीय काले भन्ने सुमन पटेलले आफ्नो फेसबुकमा धारिलो हतियार खुकुरी देखिएको तस्बिर अपलोड गरेका थिए। उक्त तस्बिरले सामाजिक सञ्जालमार्फत त्रास फैलाउने अवस्था सिर्जना गर्न सक्ने भन्दै उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

उनीलाई २०८३ साल असोज २५ गते साँझ ५:३० बजे नियन्त्रणमा लिइएको विवरणमा उल्लेख छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। साथै, प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्न र सार्वजनिक शान्ति तथा सुरक्षामा असर पार्न सक्ने सामग्री पोस्ट नगर्न प्रहरीले आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ...