Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

हरिखेतान क्याम्पसमा निजीकरण र मनोमानीविरुद्ध तेस्राे दिन पनि विद्यार्थीहरुद्वारा प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन पक्षको मनोमानी र क्याम्पस निजीकरणको प्रयास भएको आरोप लगाउँदै विद्यार्थीहरूले सुरु गरेको विरोध प्रदर्शन बुधवार पनि निरन्तर रहेको छ। क्याम्पसमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण शैक्षिक वातावरण प्रभावित भएको विद्यार्थीहरूको दाबी छ।

विद्यार्थीहरूले सोमबारदेखि क्याम्पस गेट अगाडि धर्ना तथा नाराबाजी गर्दै आन्दोलन सुरु गरेका हुन्। बुधवार बिहानैदेखि विद्यार्थीहरू भेला भई ‘क्याम्पस निजीकरण बन्द गर’, ‘व्यवस्थापनको मनोमानी मुर्दावाद’ र ‘विद्यार्थी सुविधा बढाऊ’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।

विवादको मुख्य कारण क्याम्पस व्यवस्थापन पक्षले सुष्मिता यादवलाई प्रशासन प्रमुख पदमा नियुक्ति दिएको विषय रहेको छ। विद्यार्थीहरूले उक्त नियुक्ति पारदर्शी प्रक्रिया अवलम्बन नगरी गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको आरोपमा नियुक्ति व्यवस्थापनको मनोमानी र आफन्तवादको निरन्तरता हो।

विद्यार्थीहरूका अनुसार क्याम्पसको पूर्वाधार विकास, कक्षाकोठा व्यवस्थापन, प्रयोगशाला सामग्री र विद्यार्थी यातायात सुविधालगायतका विषयमा पटक–पटक माग राख्दा पनि व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको छ। बरु आफ्ना नजिकका व्यक्तिहरूलाई नियुक्ति गरी तलब–भत्ता वितरण गर्दै क्याम्पसलाई ‘भर्ती केन्द्र’ जस्तै बनाइएको गम्भीर आरोप विद्यार्थीहरूले लगाएका छन्।

त्यसैगरी, क्याम्पस प्रशासनलाई अधिकारविहीन बनाउँदै सबै निर्णय व्यवस्थापन पक्षले एकतर्फी रूपमा लिने गरेको विद्यार्थीहरूको भनाइ छ। “यसले क्याम्पसको शैक्षिक वातावरण बिग्रँदै गएको छ र हाम्रो भविष्य जोखिममा परेको छ,” आन्दोलनरत एक विद्यार्थीले बताए।

आन्दोलनमा विद्यार्थी मात्र नभई क्याम्पसका केही शिक्षक, कर्मचारी तथा प्रशासन पक्षका व्यक्तिहरूले समेत व्यवस्थापनको निर्णयप्रति असन्तुष्टि जनाउँदै माग सम्बोधन नभए आन्दोलनमा साथ दिने चेतावनी दिएका छन्।

स्रोतका अनुसार हरिखेतान बहुमुखी क्याम्पसमा यसअघि पनि नियुक्ति प्रक्रियाको पारदर्शिता र आर्थिक अनियमिततासम्बन्धी विवाद पटक–पटक उठ्दै आएका थिए।

विद्यार्थीहरूले क्याम्पसलाई सार्वजनिक, समावेशी र गुणस्तरीय बनाउनुपर्ने, नियुक्ति प्रक्रियामा पारदर्शिता अपनाउनुपर्ने तथा विद्यार्थी सुविधामा लगानी बढाउनुपर्ने मुख्य माग राख्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। माग सुनुवाइ नभए अनिश्चितकालीन तालाबन्दीसम्म जाने चेतावनीसमेत दिएका छन्। यस विषयमा क्याम्पस व्यवस्थापन पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...