Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

नेशनल मेडिकल कलेजमा आईओएम डीन प्रा.डा. शर्माको सम्मान, नवनिर्मित कन्फरेन्स हल उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन (आईओएम), त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहन राज शर्माको सम्मान तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सोही अवसरमा नेशनल मेडिकल कलेज परिसरभित्र नवनिर्मित कन्फरेन्स हलको औपचारिक उद्घाटनसमेत गरिएको छ।

कार्यक्रममा महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती अतिथिकाे रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले गर्नुभएको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका व्यवस्थापकीय निर्देशक शहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसिया, उपप्राचार्यहरू, विभागीय प्रमुखहरू, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा प्रमुख अतिथि, अतिथि सम्माननीय र अध्यक्षद्वारा संयुक्त रूपमा पानस प्रज्वलनमार्फत गरिएको थियो । स्वागत मन्तव्य कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसियाले व्यक्त गर्नुभएको थियो। यस अवसरमा वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए।

सम्मान कार्यक्रमअन्तर्गत प्रमुख अतिथि प्रा.डा. मोहन राज शर्मा तथा अतिथि प्रा.डा. सुरेश उप्रेतीलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। अतिथिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक संस्थाबीचको सहकार्य र स्वास्थ्य सेवा सुधारका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको धन्यवाद ज्ञापन कलेजका उपप्राचार्य प्रा.डा. रवि शंकर गुप्ताले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले दिनुभएको थियो। यस कार्यक्रमले नेशनल मेडिकल कलेज र राष्ट्रियस्तरका शैक्षिक तथा स्वास्थ्य संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...