Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

गुप्ता र पाण्डेको नाम प्रस्ताव भएपछि एमाले पर्सा–३ मा उम्मेदवार छनोटमा विवाद

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छनोटलाई लिएर विवाद उत्पन्न भएको छ। विवादका कारण बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेको क्षेत्रीय अध्यक्ष फरमान मियाँले जानकारी दिए।

आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै सम्पन्न बैठक क्षेत्रीय संयोजक फरमान मियाँको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य प्रभु हजराको प्रमुख आतिथ्यमा बसेको थियो। बैठकमा प्रतिनिधि सभाका लागि १० जना आकांक्षीको नाम प्रस्ताव गरिएको थियो।

बैठकमा पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता र रुपेश पाण्डेको नाम उम्मेदवारका रूपमा प्रस्ताव भएपछि विवाद उत्पन्न भएको अध्यक्ष मियाँले बताए। उनका अनुसार राजकुमार गुप्तामाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले र रुपेश पाण्डे हालसम्म पार्टी प्रवेश नगरेको अवस्थाका कारण दुवैको नाम सिफारिस गर्नु नहुने भन्दै बैठकमा असहमति देखिएको हो।

यद्यपि, रुपेश पाण्डेले क्षेत्रीय समितिमा उम्मेदवारका लागि औपचारिक निवेदन दिएको जानकारी पनि अध्यक्ष मियाँले दिए। विवादका कारण उम्मेदवार छनोटको निर्णय बुधबारसम्मका लागि स्थगित गरिएको छ।

यसैबीच, बैठकमा उम्मेदवारका लागि तेजप्रकाश निषाद, शिव पटेल, भगवान कुर्मी, मञ्जुर अंसारी, प्रमोद जयसवाल, रामबाबु यादव, मनिर मियाँ र मञ्जु देवी कुर्मीको नाम पनि प्रस्ताव गरिएको थियो। अब यी सबै नामहरूबारे पुनः छलफल गरी अन्तिम निर्णय गरिने एमाले पर्सा–३ ले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...