Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

दिल्लीबाट सकुशल उद्धार भइन १६ वर्षीया नाबालिग, आरोपी पक्राउ

spot_img
spot_img

रक्सौल । भारत पूर्वी चम्पारण जिल्लाकी १६ वर्षीया नाबालिग किशोरीलाई दिल्लीबाट सकुशल उद्धार गरिएको छ भने घटनामा संलग्न आरोपी एक जनालाई पक्राउ गरिएको छ।

उक्त किशोरी करिब दुई महिना अघि अचानक घरबाट बेपत्ता भएकी थिइन्। यस सम्बन्धमा परिवारले स्थानीय प्रहरी कार्यालयमा एफआईआर दर्ता गराए पनि लामो समयसम्म उनको कुनै सुराग फेला पर्न सकेको थिएन। दुई महिनासम्म कुनै जानकारी नआएपछि नाबालिग मानव तस्करको चंगुलमा परेको हुनसक्ने आशंका परिवारले गरेका थिए।

जाँचका क्रममा रवि नामक व्यक्तिले किशोरीलाई बहकाएर नेपाल ल्याएको सूचना प्राप्त भएपछि नेपालमा समेत प्रहरीको सहयोगमा खोजतलास गरिएको थियो। तर त्यहाँ पनि किशोरीको पत्तो लाग्न सकेन। पछि आरोपीको एक मोबाइल नम्बर प्राप्त भए पनि उक्त नम्बर लगातार बन्द रहेको थियो।

सबैतिरबाट निराश भएपछि परिवारले एएचटीयू, एसएसबी रक्सौल तथा सीमान्त मुख्यालय एसएसबी तेजपुर (असम) सँग सम्पर्क गरेका थिए। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्राविधिक टोली गठन गरी बन्द मोबाइल नम्बरको प्राविधिक विवरणका आधारमा आरोपी रविको लोकेशन ट्रेस गरिएको थियो, जसमा उनको अवस्थिति दिल्लीमा रहेको पुष्टि भयो।

यसपछि संयुक्त कारबाही गर्दै टोलीले दिल्लीमा छापा मारी नाबालिग किशोरीलाई सकुशल उद्धार गर्नुका साथै आरोपी रविलाई पक्राउ गरेको हो। हाल थप कानुनी कारबाहीका लागि उक्त मुद्दा पूर्वी चम्पारण (मोतीहारी) जिल्ला प्रहरीलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

यस सफल संयुक्त अपरेशनमा राष्ट्रिय मानवअधिकार आयोग नयाँ दिल्लीका प्रियंक कानूनगो, एसएसबी रक्सौल मानव तस्करी विरोधी इकाइका इन्स्पेक्टर विकास कुमार, क्षेत्रीय मुख्यालय एसएसबी बेजपारा (असम) का इन्स्पेक्टर मनोज कुमार शर्मा, सीमान्त मुख्यालय एसएसबी तेजपुर (असम), मिशन मुक्ति फाउन्डेसन दिल्लीका निर्देशक वीरेंद्र सिंह, क्राइम ब्रान्च नयाँ दिल्ली, पश्चिमी दिल्लीको ख्याला प्रहरी थाना तथा एनजीओ रेस्क्यु एन्ड रिलिफ फाउन्डेसनको विशेष सहयोग रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...