Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनोमानीविरुद्ध विद्यार्थी आन्दोलित

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन पक्षको मनोमानी र क्याम्पस निजीकरणको प्रयास भएको आरोप लगाउँदै विद्यार्थीहरूले बुधबारदेखि खुलेर विरोध प्रदर्शन सुरु गरेका छन्।

आज बिहानैदेखि विद्यार्थीहरू क्याम्पस गेटअगाडि भेला भई धर्नामा बसेका थिए । त्यसपछि ठूलो सङ्ख्यामा र्‍याली निकाल्दै उनीहरूले वीरगंज बजारका मुख्य सडक परिक्रमा गरेका थिए। र्‍याली जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर केही समय धर्ना बसेको थियो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘क्याम्पस निजीकरण बन्द गर’, ‘व्यवस्थापन पक्षको मनोमानी मुर्दावाद’, ‘विद्यार्थी सुविधा बढाऊ’ जस्ता नारा लगाएका थिए।

विद्यार्थीहरूको आरोप अनुसार क्याम्पस प्रशासनले पूर्वाधार विकास, कक्षाकोठा व्यवस्थापन, प्रयोगशाला उपकरण र विद्यार्थी यातायात सुविधाका लागि पटक–पटक आग्रह गरे पनि व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको छ। बरु आफ्ना निकट व्यक्तिहरूलाई विभिन्न पदमा नियुक्ति दिई तलब–भत्ता वितरण गर्ने र क्याम्पसलाई भर्ती केन्द्र बनाउने काम भइरहेको उनीहरूको दाबी छ।

व्यवस्थापन पक्षले क्याम्पस प्रशासनलाई अधिकारविहीन बनाउँदै सबै निर्णय आफैंमा केन्द्रित गरेको आरोप पनि विद्यार्थीहरूले लगाएका छन्। “यसले क्याम्पसको शैक्षिक वातावरण बिग्रँदै गएको छ र हाम्रो भविष्यसँग खेलबाड भइरहेको छ,” एक विद्यार्थीले भने।

आन्दोलनमा विद्यार्थीहरूसँगै क्याम्पसका शिक्षक, कर्मचारी र प्रशासन पक्षका व्यक्तिहरूले पनि व्यवस्थापनको निर्णयको विरोधमा साथ दिने चेतावनी दिएका छन्। मागहरू सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ।

स्रोतका अनुसार हरिखेतान बहुमुखी क्याम्पसमा यसअघि पनि नियुक्ति प्रक्रियामा पारदर्शिता नअपनाएको र आर्थिक अनियमितताको आरोपसहित यस्तै विवादहरू पटक–पटक उठ्दै आएका छन्।

विद्यार्थीहरूले क्याम्पसलाई सार्वजनिक र गुणस्तरीय बनाउन, नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्न तथा विद्यार्थी सुविधामा लगानी बढाउनुपर्ने मुख्य माग अघि सारेका छन्। उनीहरूले आवश्यक परे अनिश्चितकालीन तालाबन्दीसम्मको चेतावनी दिएका छन्।

यस विषयमा क्याम्पस व्यवस्थापन पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। जिल्ला प्रशासन कार्यालय पर्साले दुवै पक्षसँग छलफल गरी समस्या समाधानको प्रयास गर्ने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

27 COMMENTS

  1. Hey there great website! Does running a blog similar to
    this take a massive amount work? I’ve very little expertise in computer
    programming but I had been hoping to start my own blog in the near future.
    Anyway, if you have any suggestions or tips for new
    blog owners please share. I know this is off topic but I simply had to ask.

    Thanks!

  2. I have been exploring for a bit for any high quality articles or blog posts in this
    kind of area . Exploring in Yahoo I ultimately stumbled upon this site.
    Studying this information So i’m happy to exhibit that I have an incredibly good uncanny feeling I found out just what I needed.
    I most definitely will make sure to do not disregard this web
    site and provides it a look regularly.

  3. Thank you for every other fantastic post. The place else may just anybody get that kind of info in such an ideal manner of writing?
    I’ve a presentation subsequent week, and I’m at the search for
    such information.

  4. My brother recommended I may like this web site.

    He was totally right. This publish truly made my day. You
    cann’t believe simply how a lot time I had spent for this information! Thanks!

  5. Hello just wanted to give you a quick heads up.
    The text in your post seem to be running off the screen in Internet
    explorer. I’m not sure if this is a format issue or something to do with browser compatibility but I figured I’d post to
    let you know. The style and design look great though!
    Hope you get the problem resolved soon. Cheers

  6. Nice blog! Is your theme custom made or did you download it from somewhere?
    A design like yours with a few simple adjustements would really make
    my blog jump out. Please let me know where you got your design. Thanks

  7. My brother suggested I might like this web
    site. He was entirely right. This post truly made my day.
    You can not imagine simply how much time I had spent for this info!
    Thanks!

  8. This is the right site for everyone who wants to
    understand this topic. You realize so much its almost hard to argue with you (not that
    I actually will need to…HaHa). You definitely put
    a fresh spin on a subject that’s been discussed for years.
    Great stuff, just great!

  9. I know this if off topic but I’m looking into starting my own weblog and was curious what
    all is needed to get set up? I’m assuming having a blog like yours would cost a pretty penny?
    I’m not very web savvy so I’m not 100% sure. Any recommendations or advice would be greatly
    appreciated. Many thanks

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...