Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्साका दुई क्षेत्रमा अरविन्द सिंहकाे नाम सिफारिस, एमालेभित्र सन्तुलनको संकेत

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका युवा तथा स्पष्ट वक्ता नेताका रूपमा परिचित अरविन्द सिंहको नाम पर्साका दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिंहलाई पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट सिफारिस गरिएको हो।

एमाले पर्सा क्षेत्र नम्बर १ को आइतबार सम्पन्न क्षेत्रीय कमिटी बैठकले एक महिलासहित ६ जनाको नाम प्रत्यक्षतर्फ केन्द्रमा सिफारिस गरेको छ। क्षेत्रीय कमिटी अध्यक्ष मानदेव हजराको अध्यक्षतामा बसेको बैठकले निवर्तमान सांसद प्रभु हजरा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, वीरगंज महानगर कमिटीका पूर्व अध्यक्ष नवराज शर्मा, सुन्दर कुर्मी, बसरुदिन अन्सारी र इन्दु घिमिरेको नाम सिफारिस गरेको एमाले जिल्ला सचिव महेश दासले जानकारी दिए ।

यसै सूचीमा परेका निवर्तमान सांसद प्रभु हजरा हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् र उनी पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेताका रूपमा चिनिन्छन्। त्यही महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका अरविन्द सिंह भने पार्टीभित्र गलतलाई गलत भन्न सक्ने निर्भीक नेताका रूपमा परिचित छन्। ओली नेतृत्वको नीति र कार्यशैलीमाथि खुला आलोचना गर्दै आएका सिंह जनतामाझ लोकप्रिय रहँदै आएका छन्, जसका कारण उनी पार्टीभित्र मात्र होइन, बाहिर पनि चर्चित छन्।

पार्टीभित्र ओली समूहको प्रभाव बलियो रहे पनि आलोचक नेताका रूपमा चिनिने सिंहको नाम दुईटा क्षेत्रबाट सिफारिस हुनु एमाले पर्साले गुटगत सन्तुलनसँगै जनाधारलाई पनि गम्भीर रूपमा मूल्यांकन गरेको संकेतका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार सिंहलाई टिकट दिने निर्णयले पर्साको निर्वाचन परिणाममा निर्णायक प्रभाव पार्न सक्छ।

यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समन्वय कमिटीको बैठकले पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ अरविन्द सिंहको नाम केन्द्रमा सिफारिस गर्न जिल्ला कमिटीलाई पत्राचार गरेको छ । सोही सूचीमा पूर्व मन्त्री राजकुमार गुप्ता र केन्द्रीय सदस्य निर्मला देवकोटाको नाम समेत समेटिएको छ।

क्षेत्र नम्बर २ बाट सिफारिस भएका राजकुमार गुप्ता पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुन्। उनी यसअघि पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। मन्त्री पदमा रहँदा भ्रष्टाचार तथा घुस प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दामा विशेष अदालतकाे आदेशमा पुर्पक्षका लागि थुनामा परेका छन् ।

त्यसैगरी निर्मला देवकोटा पार्टी अध्यक्ष केपी शर्मा ओलीकी निकट नेतृका रूपमा परिचित छन्। उनी भर्खरै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा ओली प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् भने यसअघि पर्सा जिल्लाबाटै सिफारिस भई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

देशभर उम्मेदवार छनोट प्रक्रिया तीव्र भइरहेका बेला पर्साका दुईटा क्षेत्रबाट अरविन्द सिंहको नाम सिफारिस हुनु एमालेभित्रको आन्तरिक गतिशीलता, जनमतको दबाब र आगामी निर्वाचन रणनीतिलाई स्पष्ट रूपमा झल्काउने घटनाका रूपमा हेरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...