Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

spot_img
spot_img

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको १३औँ पुण्यतिथिका दिन आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र व्यक्तिका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले बाढीबाट भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले प्रियजन गुमाएका शोकसन्तप्त परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो । बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका विभिन्न निकाय र सङ्घसंस्थाप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक सङ्घसंस्था र अन्तरराष्ट्रिय समुदायले पु¥याएको सहयोगप्रति ओलीले आभार व्यक्त गर्नुभयो ।

‘हराइरहेका दाजुभाइ तथा दिदीबहिनीको सकुशल उद्धारमा सफलता मिल्ने’ आशा व्यक्त गर्दै अध्यक्ष ओलीले खोजी तथा उद्धारकार्यलाई प्रभावकारी ढङ्गले  निरन्तरता दिनुपर्ने माग राख्नुभयो । बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनःस्थापना र पुनःनिर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गर्दै उहाँले आवश्यक समन्वय र सहकार्य र आफूहरू तयार रहेको बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...