Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सञ्चारकर्मीमाथि आक्रमणको भर्त्सना, सद्भावमा सचेत पत्रकारिता गर्न महासंघकाे आग्रह

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पछिल्लो समय वीरगंजलगायत विभिन्न स्थानमा भएका धार्मिक समुदायका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको आक्रमण र दुव्र्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा साेमबार भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहले प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा प्रदर्शनकारीले उनको मोबाइल खोसी आक्रमण गरेको घटनालाई निन्दनीय कार्यको रूपमा उल्लेख गरेको छ । विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको आक्रमण र अवरोध प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने अधिकारमाथिको ठाडो हस्तक्षेप भएको जनाइएको छ।

महासंघले स्वतन्त्र प्रेस विरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत गराउँदै पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

साथै धार्मिक समुदायले गरेका प्रदर्शनसम्बन्धी समाचार सामग्रीको प्रसारण र प्रकाशनमा संयमता र सावधानी अपनाउन आम सञ्चारकर्मीहरूलाई अपिल गरिएको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जात, धर्म, सम्प्रदाय, भाषा र संस्कृतिबीचको सद्भावमा खलल पुर्‍याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्न नहुने व्यवस्था रहेको महासंघले स्मरण गराएको छ।

महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही सञ्चारकर्मीहरूले आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण गरेको पाइएको उल्लेख गर्दै लाइभ सूचना प्रवाहका क्रममा आएका कतिपय अभिव्यक्तिले साम्प्रदायिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै महासंघले त्यसलाई सूक्ष्म रूपमा नियालिरहेको जनाएको छ।

महासंघले पत्रकारहरूलाई आचारसंहिता पालना गर्दै व्यावसायिक धर्म निर्वाह गर्न आग्रह गरेको छ भने सरोकारवाला सबै पक्षलाई संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर नपर्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सुरक्षित र भयरहित वातावरणमा समाचार सम्प्रेषण सुनिश्चित गर्न अपिल गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...