Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

पर्सा–१ मा जनमत पार्टीको भेटघाट तीव्र, महिला बुथ समिति गठन

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २१ को तत्वा टोल तथा वडा नं. २३ को सबैठवामा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ।

वीरगंज वडा नं. २१ तत्वा टोलमा आयोजित कार्यक्रममा करिब ३० जना महिला तथा युवती जनमत पार्टीमा प्रवेश गरेका छन्। सोही अवसरमा शोभा कुमारी साह र इन्द्रावती कुशवाको नेतृत्वमा २१ सदस्यीय महिला बुथ समिति गठन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष तथा पर्सा–१ बाट सिफारिस गरिएका उम्मेदवार ओमप्रकाश सरार्फले देश र मधेसको निकास तथा विकासका लागि स्पष्ट रोडम्याप जनमत पार्टीसँग मात्र रहेको दाबी गरे। अबको एक मात्र विकल्प जनमत पार्टी नै भएको उनले बताए।

कार्यक्रममा जनमत पार्टीका नेता बिध्यालाल प्रसाद, विजय पासवान, निराजन कुशवाहा, विष्णु कुशवाहा, सहनवाज राकी, रामबाबु ठाकुरलगायतको उपस्थिति रहेको थियो।

यसैबीच, जाडोको प्रतिकूल मौसमका बाबजुद पनि पर्सा–१ मा जनमत पार्टीबाट सिफारिस उम्मेदवार ओमप्रकाश सरार्फको चुनावी भेटघाट तथा युवा र महिला समिति विस्तार कार्यक्रम निरन्तर रूपमा जारी रहेको क्षेत्र नं. १ का पर्यवेक्षक डा. मनोज कुमारले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जितेन्द्र सोनलद्वारा विद्यार्थीलाई ‘मधेस आन्दोलन र नेतृत्व’ विषयमा प्रशिक्षण

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्। समाजवादी...

प्याब्सन राइम्स फेस्टमा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

वीरगंज । वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित ‘प्याब्सन राइम्स फेस्ट २०८३’ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ । प्रतियोगितामा मूनलाइट स्कुल...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...