Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जेन-जि पर्साको पहलमा राजनीतिक छलफल

spot_img
spot_img

वीरगंज । जेन-जि पर्साका संयोजक बिशेष साह तथा सल्लाहकार राजा गुप्ताको विशेष पहलमा आज पर्सामा राजनीतिक समन्वयको पहिलो चरणको सकारात्मक छलफल सम्पन्न भएको छ।

उक्त छलफल कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य रामकिशोर सिंह (पराग), पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तलगायत विभिन्न राजनीतिक दल तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा वर्तमान राजनीतिक अवस्था, आपसी राजनीतिक समन्वय, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिका विषयमा गहन विचार–विमर्श गरिएको जनाइएको छ।

कार्यक्रम जेन-जि पर्साका सदस्यहरूको उपस्थितिमा सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै जेन-जि पर्साका संयोजक बिशेष साहले देशभरका विभिन्न जिल्लाका प्रतिनिधिहरू एकजुट भई आगामी निर्वाचनमा सकारात्मक, परिवर्तनमुखी र युवामैत्री राजनीतिक बाटो निर्माण गर्नुपर्नेमा जोड दिए । उनले युवाको सक्रिय सहभागिता, आपसी समझदारी तथा साझा एजेन्डामार्फत नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न सकिने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...