Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जेन-जि पर्साको पहलमा राजनीतिक छलफल

spot_img
spot_img

वीरगंज । जेन-जि पर्साका संयोजक बिशेष साह तथा सल्लाहकार राजा गुप्ताको विशेष पहलमा आज पर्सामा राजनीतिक समन्वयको पहिलो चरणको सकारात्मक छलफल सम्पन्न भएको छ।

उक्त छलफल कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य रामकिशोर सिंह (पराग), पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तलगायत विभिन्न राजनीतिक दल तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा वर्तमान राजनीतिक अवस्था, आपसी राजनीतिक समन्वय, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिका विषयमा गहन विचार–विमर्श गरिएको जनाइएको छ।

कार्यक्रम जेन-जि पर्साका सदस्यहरूको उपस्थितिमा सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै जेन-जि पर्साका संयोजक बिशेष साहले देशभरका विभिन्न जिल्लाका प्रतिनिधिहरू एकजुट भई आगामी निर्वाचनमा सकारात्मक, परिवर्तनमुखी र युवामैत्री राजनीतिक बाटो निर्माण गर्नुपर्नेमा जोड दिए । उनले युवाको सक्रिय सहभागिता, आपसी समझदारी तथा साझा एजेन्डामार्फत नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न सकिने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...