Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय बैठक वीरगंजमा सम्पन्न, संगठन विस्तार गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ। वीरगञ्जको माइस्थानस्थित अतिथि सदनको सभाहलमा केन्द्रका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनको संरचनालाई प्रदेश तथा जिल्लास्तरसम्म विस्तार गर्ने रणनीतिक निर्णय गरेको हो।

बैठकका क्रममा केन्द्रका नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत रूपमा खाँदा ओढाई पदभार ग्रहण गराइएको छ। संगठनको आर्थिक व्यवस्थापन र संस्थागत सुदृढीकरणमा कोषाध्यक्ष पटेलको अनुभवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैठकले व्यक्त गरेको छ।

बैठकले हिन्दू पत्रकार संघ नेपालको मधेश प्रदेश संयोजक तोक्ने निर्णय गर्दै मधेश प्रदेशका आठवटै जिल्लामा तत्काल संगठन विस्तार गर्ने निर्णय गरेको छ। संगठनका आगामी कार्यक्रम तथा गतिविधिहरू चरणबद्ध रूपमा अघि बढाइने केन्द्रका सचिव राजकुमार सर्राफले जानकारी दिनुभयो।
बैठकमा पत्रकारहरूको हक–हित संरक्षण, पेशागत मर्यादा कायम राख्ने तथा धार्मिक–सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत दोहोर्‍याइएको छ।

बैठकमा केन्द्रका उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह, अर्जुन चौधरी, राजु बैठा, रवि बर्नवाल र सन्तोष कुशवाहाको उपस्थिति थियो। त्यसैगरी केन्द्रका सल्लाहकारहरू एस.के. चौरसिया, रितेश झा र आरोहण साहलगायत व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...