Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रधानमन्त्री कार्यालयद्वारा अनसनरत डा. निकोलस भूसाल समूहसँग वार्ताका लागि समिति गठन

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले विभिन्न माग राखी विगत केही दिनदेखि अनसनरत कमल भूसाल (डा. निकोलस भूसाल) नेतृत्वको समूहसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ।

प्रधानमन्त्री कार्यालयले सिंहदरबारस्थित कार्यालयबाट जारी पत्रमार्फत देहायबमोजिमको वार्ता समिति गठन गरिएको जानकारी गराउँदै वार्तामा सहभागी हुन अनुरोध गरेको हो।
गठन गरिएको वार्ता समितिको संयोजकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल रहेका छन्।

समितिका सदस्यहरूमा प्रधानमन्त्रीज्यूका जनसम्पर्क सल्लाहकार गोबिन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन्।

उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका उपसचिव जीवन चन्द्र राईद्वारा हस्ताक्षरित छ। अनसनरत समूहसँग वार्ता गरी समस्या समाधानका लागि सरकारले औपचारिक पहल थालेको रूपमा यसलाई हेरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...