Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

प्रधानमन्त्री कार्यालयद्वारा अनसनरत डा. निकोलस भूसाल समूहसँग वार्ताका लागि समिति गठन

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले विभिन्न माग राखी विगत केही दिनदेखि अनसनरत कमल भूसाल (डा. निकोलस भूसाल) नेतृत्वको समूहसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ।

प्रधानमन्त्री कार्यालयले सिंहदरबारस्थित कार्यालयबाट जारी पत्रमार्फत देहायबमोजिमको वार्ता समिति गठन गरिएको जानकारी गराउँदै वार्तामा सहभागी हुन अनुरोध गरेको हो।
गठन गरिएको वार्ता समितिको संयोजकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल रहेका छन्।

समितिका सदस्यहरूमा प्रधानमन्त्रीज्यूका जनसम्पर्क सल्लाहकार गोबिन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन्।

उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका उपसचिव जीवन चन्द्र राईद्वारा हस्ताक्षरित छ। अनसनरत समूहसँग वार्ता गरी समस्या समाधानका लागि सरकारले औपचारिक पहल थालेको रूपमा यसलाई हेरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...