Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा नयाँ वर्ष मनाउन आएका पहिलो १ सय पर्यटकलाई ढाकाटोपी र खादासहित स्वागत

spot_img
spot_img

वीरगंज । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पर्यटन गन्तव्य पर्साको ठोरीमा आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य आगमन भएको छ। नयाँ वर्ष मनाउन ठोरी आएका पहिलो १ सय पर्यटकहरुलाई ठोरी गाउँपालिकाले ढाकाटोपी, खादा र टीका लगाएर भव्य स्वागत गरेको छ।

ठोरी घुम्न आएका पर्यटकहरुलाई ठोरीको ठुटे खोला पुलमै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ढाकाटोपी, खादा र टीका लगाई स्वागत गरेका थिए। स्थानीय संस्कृतिको झल्को दिने उक्त स्वागत कार्यक्रमले पर्यटकहरु थप उत्साहित देखिएका थिए।

पर्यटक स्वागत कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरु अमृतकृष्ण सापकोटा र शम्भु खड्का, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका कर्मचारी तथा सुरक्षाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन बिहीबार बिहानैदेखि ठोरीमा नेपाली तथा भारतीय पर्यटकहरुको घुइँचो लागेको थियो। नयाँ वर्ष मनाउन बारा, पर्सा, रौतहट र सर्लाहीलगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक ठोरी पुगेका थिए भने भारतका पश्चिम चम्पारण, पूर्वी चम्पारण, बेतिया, मुजफ्फरपुर, मोतीहारी, पटना र कटियागञ्जबाट समेत ठूलो संख्यामा भारतीय पर्यटक ठोरी आएको होटल व्यवसायी दिनेश नेपालले जानकारी दिए।

नयाँ वर्षको अवसरमा ठोरीका राईधारा, गणेशमान पार्क, ठुटेखोला, सीतागुफा परिसर, सुन्दरबस्ती, रेडहिल पार्क, मनमोहन पार्क, सिंगेडाँडा, गडुवालाइन पार्क, बाघमोर्चा पार्क, चिसोपानी, रानीवनलगायत पर्यटकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको बाक्लो भीड लागेको थियो।

मधेश प्रदेश सरकारले ठोरीलाई मधेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेसँगै ठोरी आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। ठोरीको मनमोहक प्राकृतिक दृश्य, शान्त वातावरण र विविध पर्यटकीय स्थलले लोभ्याएका भारतीय पर्यटकका लागि समेत ठोरी लोकप्रिय गन्तव्य बन्दै गएको छ।

बेतियाबाट नयाँ वर्ष मनाउन आएका पर्यटक दिपु गुप्ताले ठोरीमा घुम्नका लागि धेरै रमणीय स्थान रहेकाले आफूहरु प्रायः खुसीयाली मनाउन ठोरी आउने गरेको बताए। स्थानीय तहको पहल र व्यवस्थित स्वागत कार्यक्रमले ठोरीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको सरोकारवालाहरुको भनाइ छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...