Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

जनमत पार्टीद्वारा वीरगंजमा ‘धोती–टोपी एक हौँ’ सन्देशसहित राष्ट्रिय पोसाक दिवस मनाइयो

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगंज सहरको नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ र ‘तराई–पहाड एक हौँ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सांस्कृतिक पहिचान, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिएको थियो।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा पहाडी समुदायबाट मधेसी समुदायमाथि हुने दुर्व्यवहारको विरोधस्वरूप राष्ट्रिय पोसाक दिवस मनाइएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । उनका अनुसार मधेसी समुदायको पहिचानका रूपमा रहेको धोतीप्रति हुने विभेदको विरोध गर्दै सबै नेपाली पोसाकलाई समान सम्मान दिनुपर्ने सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गर्दै विविधतामै एकता नेपालको शक्ति भएको धारणा व्यक्त गरेका थिए । नगर परिक्रमा गर्दै निकालिएको र्‍यालीमा सहभागीहरूले सांस्कृतिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा नारा लगाएका थिए ।

जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा निस्किएको र्‍यालीमा जनमत पार्टीका केन्द्रीय सदस्य बिध्यालाल प्रसाद, सिमा गुप्ता, मालती कुशवाहा, श्याम प्रसाद गुप्ता, श्यामशंकर चौरसिया, नजमा खातुन, रुक्साना खातुन, प्रदेश सदस्यहरू बृजेश्वर चौधरी, राजनारायण मिश्र, सत्जुग साह, अब्दुल अन्सारी लगायतको सहभागिता रहेको थियो।

त्यस्तै, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, पर्सागढी नगर अध्यक्ष मनोज यादव, बिन्दवासिनी गाउँपालिका अध्यक्ष ललन (विनोद) चौरसिया, बहुदरमाई नगर अध्यक्ष जगदीश पटेल, सखुवा प्रसौनी पालिका अध्यक्ष देवेन्द्र रवानी, छिपहरमाई गाउँपालिका अध्यक्ष कृष्ण कुशवाहा, कालिकामाई गाउँपालिका अध्यक्ष प्रदीप साह, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष शिव मुखिया, इन्जिनियर संघ जिल्ला अध्यक्ष ई. राजुराज गिरि, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अञ्जना गुप्ता, दलित अध्यक्ष नरेश रामलगायतका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा डा. मनोज कुमार, सीए देवराज, महेश चौरसिया, रामबाबु चौरसिया, जयभोले यादव, सहनवाज राकी, नागेन्द्र गुप्ता, तुलसी राम, एकबाल अन्सारी, युवा नेता अजित सिंह, सुजित सिंहलगायत सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धन गर्दै विविधतामा एकताको भावना बलियो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जितेन्द्र सोनलद्वारा विद्यार्थीलाई ‘मधेस आन्दोलन र नेतृत्व’ विषयमा प्रशिक्षण

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्। समाजवादी...

प्याब्सन राइम्स फेस्टमा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

वीरगंज । वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित ‘प्याब्सन राइम्स फेस्ट २०८३’ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ । प्रतियोगितामा मूनलाइट स्कुल...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...