Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

सुशासन र विकासका लागि विगतका कमजोरीबाट पाठ सिक्नुपर्छ : सहसंयाेजक नेपाल

spot_img
spot_img

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सवालमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिक्दै जनताको जीवनस्तर सुधारतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा बोल्दै उहाँले प्राकृतिक स्रोत, साधन र विविधताका हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध नेपाल निर्माण गर्न संरचनागत क्षेत्रमा भएका त्रुटिहरू सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो।

सहसंयोजक नेपालले मुलुकको स्रोत, साधन र सम्पदाको प्रभावकारी सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता सिर्जना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। उहाँले दीर्घकालीन विकासका लागि स्थिर नीति, पारदर्शिता र जिम्मेवार शासन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...