Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

बिन्दबासिनी–५ मा एमाले परित्याग गरि दर्जनौं नेता–कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाली कांग्रेस पर्सा जिल्ला क्षेत्र नं. ३ ‘ख’ का सभापति तथा बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा एमालेका वडा नम्बर ५ का वडा अध्यक्ष प्रत्याशी अली महम्मद मियाँको नेतृत्वमा जाकिर हुसेन, उसमान मियाँ जोलहा र तुफाईल मियाँ अँसारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै नेकपा परित्याग गरी एकराम गदी, अनवर गदी र भीम राउत गदीसहित एमाले तथा माओवादीबाट सयौँ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ को प्रसौनीभाठामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साका उपसभापति अशोक कुमार गुप्ताले नवप्रवेशीहरूलाई अबिरको टीका लगाई पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा मन्तव्य राख्दै उपसभापति गुप्ताले नवप्रवेशीहरूको आगमनले जिल्ला, क्षेत्र, पालिका तथा वडा नम्बर ५ मा नेपाली कांग्रेस अझ सशक्त बनेको बताउनुभयो।

बब्लु गुप्ताको सक्रियतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बिन्दबासिनी वडा नम्बर १ का सभापति गुडु ओझा, नेपाल विद्यार्थी संघका नेता सुधांशु चौरसिया, बिनोद पाण्डे, शम्भु चौहानलगायत नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...