Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

छिपहरमाई–१ मिर्जापुरमा रास्वपाको समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सम्पन्न भएको छ।

भेलाबाट प्रमेश्वर प्रसाद पटेलको अध्यक्षतामा वडा कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको उपाध्यक्षमा मनोज प्रसाद यादव र सचिवमा श्रवन यादव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा शेषनाथ यादव, अमिका यादव, मेघा यादव, बिरेन्द्र शर्मा, अमरेश राम, धमेन्द्र प्रसाद यादव, एकबाली साह कानु र तमराचनन्द साह चयन भएका छन्।

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको सभापतित्व र रास्वपा पर्साका सभापति हरि पन्त प्रमुख अतिथ्यतामा भएको भेलामा प्रदेश प्रचार–प्रसार प्रमुख राम सर्राफ, जिल्ला उपसभापति तुलसी पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा वडा समिति गठन गरिने जानकारी दिए। उनले पछिल्लो समय वीरगञ्ज महानगरसहित जिल्लाभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...