Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

सशस्त्र प्रहरीद्वारा पर्सामा १६ लाखभन्दा बढीको अवैध सामान बरामद, भन्सार दाखिला

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरिएको १६ लाख ०८ हजार ८६० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले शुक्रबार वीरगंज महानगरपालिका–२५ खलवा नाकास्थित भारतबाट विभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको ७ लाख ५६ हजार ४९० रुपैयाँ बराबरको कपडा तथा कस्मेटिक सामान बरामद गरेको हो । उक्त सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही मितिमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको टोलीले खलवा नाकाबाट साइकलमा लोड गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको ७ लाख ४९ हजार ८०० रुपैयाँ बराबरको कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।

यस्तै, मिति २०८२/०९/०४ गते नै सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१७ कोनियास्थित भारतबाट भन्सार छलि साइकलमार्फत नेपालतर्फ ल्याउँदै गरिएको १ लाख २ हजार ५७० रुपैयाँ बराबरको किराना तथा एयरबट बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण गर्न निरन्तर गस्ती तथा निगरानी बढाइएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...