Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

भारतकाे सहयोगमा निर्माण भएकाे विद्यालय भवन उद्घाटन

spot_img
spot_img

वीरगंज । भारत सरकारको आर्थिक सहयोगमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुल्सियाहीमा निर्माण गरिएको बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालयको नयाँ भवन शुक्रबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।

नवनिर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीना र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त विद्यालय भवन तथा सम्बन्धित पूर्वाधार भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको हो । परियोजनाको कार्यान्वयन मुखियापट्टी मुसहरनिया गाउँपालिकामार्फत गरिएको थियो । चार करोड रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न भएको यस भवनले स्थानीय स्तरमा शैक्षिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालय धनुषा जिल्लाका अग्रणी सरकारी विद्यालयहरूमध्ये एकका रूपमा परिचित छ । विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ । साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध भई १८ महिनाको कम्प्युटर प्रि–डिप्लोमा पाठ्यक्रम पनि सञ्चालन हुँदै आएको छ । हाल विद्यालयमा करिब २५ सय विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा कुनै पनि राष्ट्रको दिगो विकासको आधार भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको शैक्षिक विकासमा सहयोग गर्न पाउँदा भारत सरकार गर्वान्वित भएको बताउँदै नयाँ विद्यालय भवनले विद्यार्थीलाई सुरक्षित, सहज र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी बालिका शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र ग्रामीण क्षेत्रका युवालाई अवसर प्रदान गर्न यस्ता परियोजनाहरू महत्वपूर्ण हुने उहाँको धारणा थियो ।

कार्यक्रममा बोल्दै मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले भारत सरकारद्वारा प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नयाँ भवनले विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनुका साथै स्थानीय समुदायमा शिक्षाप्रति सकारात्मक सोच विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छिमेकी राष्ट्र भारत र नेपालबीचको बहुआयामिक सहकार्यको उदाहरणका रूपमा यस विद्यालय भवन निर्माणलाई लिइएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनले स्थानीय तहमा शिक्षा लगायत प्राथमिक क्षेत्रको पूर्वाधार विकासमा दीर्घकालीन योगदान पुर्‍याउने सरोकारवालाहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...