Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रामबाबु यादव उज्यालाे नेपाल पर्सा संयोजक नियुक्त

spot_img
spot_img

वीरगंज । उज्यालाे नेपाल पार्टीले पर्साके संयाेजकमा समाजसेवी रामबाबु यादव नियुक्त भएका छन् । उज्ज्वलो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष अनुप उपाध्यायको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बिच समाजसेवी यादवलाई पार्टीकाे पर्सा जिल्ला संयाेजककाे जिम्मेवारी प्रदान गरिएकाे हाे ।

कार्यक्रममा पार्टीका संरक्षक, उज्ज्वलो नेपालका नायक तथा नेपाल सरकारका पूर्व ऊर्जा, जलस्रोत, सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मधेश प्रदेशका केन्द्रीय सदस्यहरू लगायत पार्टीका नेताहरूको उपस्थिति रहेको थियो।

पार्टीका अनुसार भ्रष्टाचारमुक्त समाज निर्माण, युवालाई नेतृत्वमा जोड्ने अभियान र निरन्तर जनसेवामा सक्रिय भूमिकाका कारण यादवलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । सामाजिक सेवासँगै शिक्षा क्षेत्रमा यादवको योगदान उल्लेखनीय रहँदै आएको पार्टीले जनाएको छ ।

आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई विद्यालयसम्म जोड्ने पहल, शैक्षिक सामग्री सहयोग, शैक्षिक चेतना अभिवृद्धि कार्यक्रम तथा विद्यार्थी मार्गदर्शनमार्फत उनले पर्साका विभिन्न समुदायमा सकारात्मक प्रभाव पार्दै आएका छन्।

नवनियुक्त जिल्ला संयोजक यादवले पर्सामा पारदर्शी, उत्तरदायी र जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाको सहभागिता बढाउँदै शिक्षा, रोजगारी तथा आधारभूत सेवाका क्षेत्रमा जनताका समस्याको समाधानमा परिणाममुखी काम गर्ने बताएका छन्।

पार्टीले यादवको नेतृत्वमा पर्सा जिल्लामा संगठन थप सुदृढ हुनुका साथै शिक्षा, सुशासन र जनसेवामार्फत जनविश्वास अझ मजबुत हुने अपेक्षा व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...