Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जेनजी आन्दोलनका बखत सुन्धाराबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

spot_img
spot_img

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथ देवल सुन्धाराबाट फरार भएका कैदी प्रदिप लुङ्गा भन्ने शंकर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष कैद सजाय तोकेको र सोही अनुसार कैद भुक्तान गरिरहेका लिम्बु जेनजी आन्दाेलनकाे मौका पारेर फरार भएका थिए।

फुङलिङ नगरपालिका–५, बिरेन्द्र चौक नजिक लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले शक्रबार पक्राउ गरेको जनाएको छ। पक्राउ परेका कैदी जिल्ला ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भएका र हाल काठमाडौ‌ंको बुढानिलकण्ठ नगरपालिका–८ बस्दै आएका ३४ वर्षीय प्रदिप लुङ्गा रहेको प्रहरीले जनाएको छ।

फरार कैदीलाई आवश्यक कारबाहीका लागि आजै कारागार कार्यालय ताप्लेजुङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रबक्ता तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...