Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जेनजी आन्दोलनका बखत सुन्धाराबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

spot_img
spot_img

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथ देवल सुन्धाराबाट फरार भएका कैदी प्रदिप लुङ्गा भन्ने शंकर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष कैद सजाय तोकेको र सोही अनुसार कैद भुक्तान गरिरहेका लिम्बु जेनजी आन्दाेलनकाे मौका पारेर फरार भएका थिए।

फुङलिङ नगरपालिका–५, बिरेन्द्र चौक नजिक लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले शक्रबार पक्राउ गरेको जनाएको छ। पक्राउ परेका कैदी जिल्ला ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भएका र हाल काठमाडौ‌ंको बुढानिलकण्ठ नगरपालिका–८ बस्दै आएका ३४ वर्षीय प्रदिप लुङ्गा रहेको प्रहरीले जनाएको छ।

फरार कैदीलाई आवश्यक कारबाहीका लागि आजै कारागार कार्यालय ताप्लेजुङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रबक्ता तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...