Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सरकारको सम्झौता अस्वीकार गर्दै वीरगंजमा खबरदारी र्यालीकाे आयोजना

spot_img
spot_img

वीरगंज । जेनजी आन्दोलनका समर्थकहरूले शुक्रबार वीरगंजमा खबरदारी बाइक र्याली आयोजना गर्न लागेका छन् । वीरगंजकाे लालबंगला–घण्टाघरबाट बिहान ११:०० बजे र्यालि निस्कने जनाइएकाे छ।

आयाेजक कमन जेनजी र जेन जेड नेपालका अनुसार, सरकारले प्रस्तुत गरेको सम्झौतापत्रले जेनजी जनआन्दोलनको मूल मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा बेवास्ता गरेको छ । उनीहरूले फेक आइडीबाट प्रस्तावित र अदृश्य शक्तिबाट संचालित सुशीला सरकारसँग भएको सम्झौतालाई अस्वीकार्य ठहर गर्दै युवाहरूलाई र्यालीमा सहभागि हुन आव्हान गरेका छन्।

र्यालीमार्फत युवाहरूले “हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर” र “जेनजी आन्दोलनलाई संस्थागत गर” भन्ने मूल नारा अघि सारेका छन्।  आयोजकहरूले सम्पूर्ण युवाहरूलाई आन्दोलनको औचित्यपूर्ण समर्थनका लागि उपस्थित हुन अनुरोध गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...