Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

वीरगंजबाट एमाले ११‌औं महाधिवेशनका लागि दुई दर्जन बसमा सहभागी लैजाने तयारी

spot_img
spot_img

वीरगंज । नेकपा एमालेको ११‌औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन वीरगंजबाट ठूलो संख्यामा कार्यकर्ताहरू काठमाडौँ जान तयारी भइरहेको छ । वीरगंज महानगर कमिटीको अगुवाईमा दुई दर्जन बस र एक दर्जन इभि भ्यान काठमाडौँतर्फ प्रस्थान गर्ने तयारी भएको महानगर कमिटीका लेखा समिति अध्यक्ष अजय साहले जानकारी दिए।

उनका अनुसार आगामी मंसिर २७ गते वीरगंजबाट उक्त सवारी साधनमार्फत दुई हजार भन्दा बढी नेता तथा कार्यकर्ता महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रस्थान गर्नेछन्। एमालेको महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन वीरगंज महानगरपालिकाकाे विभिन्न वडाबाट पनि उल्लेख्य सहभागिता रहने कमिटीले जनाएको छ।

अध्यक्ष साहका अनुसार आवश्यक समन्वय, यातायात व्यवस्था र व्यवस्थापनका सबै तयारी पूरा भइसकेका छन् । सहभागी हुने कार्यकर्ताहरूको सूचि पनि अन्तिम तयारीमा रहेको र सुरक्षा तथा आवास व्यवस्थापनसमेत सुनिश्चित गरिएको उनले बताए ।

एमालेको ११‌औं महाधिवेशन काठमाडौंमा हुँदैछ, जहाँ देशभरबाट हजारौं कार्यकर्ता र प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...