Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजबाट एमाले ११‌औं महाधिवेशनका लागि दुई दर्जन बसमा सहभागी लैजाने तयारी

spot_img
spot_img

वीरगंज । नेकपा एमालेको ११‌औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन वीरगंजबाट ठूलो संख्यामा कार्यकर्ताहरू काठमाडौँ जान तयारी भइरहेको छ । वीरगंज महानगर कमिटीको अगुवाईमा दुई दर्जन बस र एक दर्जन इभि भ्यान काठमाडौँतर्फ प्रस्थान गर्ने तयारी भएको महानगर कमिटीका लेखा समिति अध्यक्ष अजय साहले जानकारी दिए।

उनका अनुसार आगामी मंसिर २७ गते वीरगंजबाट उक्त सवारी साधनमार्फत दुई हजार भन्दा बढी नेता तथा कार्यकर्ता महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रस्थान गर्नेछन्। एमालेको महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन वीरगंज महानगरपालिकाकाे विभिन्न वडाबाट पनि उल्लेख्य सहभागिता रहने कमिटीले जनाएको छ।

अध्यक्ष साहका अनुसार आवश्यक समन्वय, यातायात व्यवस्था र व्यवस्थापनका सबै तयारी पूरा भइसकेका छन् । सहभागी हुने कार्यकर्ताहरूको सूचि पनि अन्तिम तयारीमा रहेको र सुरक्षा तथा आवास व्यवस्थापनसमेत सुनिश्चित गरिएको उनले बताए ।

एमालेको ११‌औं महाधिवेशन काठमाडौंमा हुँदैछ, जहाँ देशभरबाट हजारौं कार्यकर्ता र प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...