Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

कांग्रेसले फेरि पुरानै नेतृत्व अघि सार्दा पर्सामा आलोचना तीव्र

spot_img
spot_img

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले पर्साका चारै निर्वाचन क्षेत्रबाट पुरानै नेताहरूको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिका सिफारिस अनुसार प्रत्यक्षतर्फ अधिकांश पुराना अनुहारहरूलाई फेरि अग्राधिकार दिइएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंगटाको एकल नाम सिफारिस भएको छ । २०७४ को निर्वाचनमा पनि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका रुंगटा पराजित भएका थिए ।

पर्सा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वसंविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य र नेविसंघका पूर्वजिल्ला सभापति राकेश यादवको नाम सिफारिस गरिएको छ । सिंहदरबारदेखि सडकमै सक्रिय चौरसिया तीन पटकका सांसद तथा निर्वतमान कानुनमन्त्री समेत हुन् । अमात्य २०७० मा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए भने यादव युवा नेतृत्वका रूपमा परिचित छन् ।

यस्तै पर्सा क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री तथा चार पटकका पूर्वसांसद सुरेन्द्र प्रसाद चौधरी, प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, नेविसंघका पूर्वकेन्द्रीय सदस्य शम्भु चौहान, किसान नेता असर्फी साह र भगवती चौधरी गरी पाँच जनाको नाम सिफारिस गरिएको छ ।

पर्सा क्षेत्र नम्बर ४ मा भने पुनः पूर्वमन्त्री तथा चार पटकका पूर्वसांसद रमेश रिजालकै नाम एकल रूपमा सिफारिस गरिएको छ । रिजाल २०४८ देखि २०७९ सम्म कांग्रेसका तर्फबाट निरन्तर प्रतिस्पर्धा गर्दै आएका नेता हुन् ।

जेन जि आन्दोलनपछि नयाँ नेतृत्वको माग बढिरहेको बेला कांग्रेसले फेरि पुरानै नेताहरूमाथि भरोसा राखेपछि युवामाझ आलोचना चुलिएको छ । युवाहरूले “कांग्रेस बाहुन र पुरानै नेताहरूको पार्टीजस्तै देखिन थालेको” गुनासो सार्वजनिक गरेका छन् ।

यता कांग्रेसका युवा नेताहरू भने आगामी निर्वाचनमा पनि यी नेताहरूले टिकट पाउने र विजयी भइ पार्टीलाई सुदृढ बनाउने दाबी गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...