Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

spot_img
spot_img

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

नवरात्रको अवसरमा भक्तजनहरू गहवामाईको दर्शन, पूजाआराधना तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ मन्दिर पुगिरहेका छन्। मन्दिर परिसरमा बिहानैदेखि भक्तिमय वातावरण बनेको छ।

दसैँको नवरात्रमा देवीको पूजा आराधना गर्ने परम्पराअनुसार तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। यस अवसरमा गहवामाई मन्दिरमा पनि भक्तजनले श्रद्धापूर्वक पूजा आराधना गरी आशीर्वाद लिइरहेका छन्।

बडादसैँ नजिकिँदै जाँदा गहवामाई मन्दिरमा भक्तजनको चहलपहल थप बढ्ने अपेक्षा गरिएको छ। गहवामाई मन्दिर बीरगंज तथा आसपासका क्षेत्रका श्रद्धालुहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...