Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पोखरियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, ३४ जनामा मोतियाबिन्दु फेला

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नं. ९, सेमरबारी टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटि र जोन चेयरperson डा. लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय नेता तथा समाजसेवी नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजना गरिएको शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आँखा जाँच र परामर्श प्रदान गरेका थिए।

जाँचका क्रममा ३४ जनामा मोतियाबिन्दु पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने जानकारी लायन्स क्लब बीरगंज परिवारका अध्यक्ष नरोत्तम पाण्डेयले दिएका छन्। शिविर पोखरिया नगरपालिकाका दश वटै वार्डमा सञ्चालन हुने योजना रहेको छ।

कार्यक्रम समाजसेवी रोसन कुमार कुस्वाहाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन शमानी, नेपाली काँग्रेसकी नेता आशा देवी, रामेश्वर चौहान, नन्दकिशोर चौहान लगायतका सम्माननीय व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...