Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भारत–नेपाल सीमामा कसमेटिक तस्करी प्रयास विफल, एसएसबीद्वारा दुई जना पक्राउ

spot_img
spot_img

भिस्वा । भारत–नेपाल सीमानामा तैनाथ ४७ औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले नेपालतर्फ तस्करी हुन लागेको ठूलो परिमाणको कसमेटिक सामग्रीसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएका छन्।

विश्वसनीय गोप्य सूचनाका आधारमा बाह्य सीमा चौकी सिकटाले सञ्चालन गरेको संयुक्त विशेष अपरेसन अन्तर्गत सोमबार सीमा स्तम्भ संख्या ४०९ नजिक, सिकटा बजार क्षेत्रमा कारबाही गरेको हो।

गोप्य जानकारी अनुसार हीरो सुपर स्प्लेन्डर मोटरसाइकलमार्फत कसमेटिक सामग्री नेपाल पठाउने तयारी भइरहेको थियो। कमाण्डेन्ट, ४७ औँ वाहिनीको निर्देशनमा ई–कम्पनी एसएसबी सिकटाले विशेष गस्ती टोली गठन गरी निगरानी कडा बनाइएको थियो।

निगरानीका क्रममा सवारी साधनहरूको कडाइका साथ जाँच भइरहेका बेला एक मोटरसाइकलमा दुई व्यक्ति ठूलो बोरा राखी सीमा क्षेत्रतर्फ अघि बढिरहेका छन् भन्ने सूचनाको आधारमा उनीहरूलाई रोक्ने प्रयास गरिएको थियो। जवानहरूले रोक्न संकेत गरेपछि भाग्ने प्रयासमा उनीहरू लडेर मोटरसाइकलसहित नियन्त्रणमा परे।

बरामद बोराको तलासी गर्दा लेकमी ९ देखि ५ सि.सि. क्रीम ९ ग्रामका १ हजार २९६ थान र लेकमी पिच मिल्क क्रीम ५० ग्रामका ४३२ थान फेला परेका छन्। तस्करीमा प्रयोग भएको मोटरसाइकल पनि जफत गरिएको छ। पक्राउ परेकासँग कुनै वैध कागजात नभएको र उनीहरूले बरामद सामानबारे सन्तोषजनक स्पष्टीकरण दिन नसकेको एसएसले जनाएको छ।

बरामद सामग्री तथा दुवै पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि भेेटिया कस्टम अफिसमा बुझाइएको छ। कमाण्डेन्टका अनुसार भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध, अवैध व्यापार तथा अन्य सीमा अपराध नियन्त्रणका लागि एसएसबी निरन्तर विशेष अपरेसन तथा संयुक्त गस्ती सञ्चालन गरिरहेको छ, जसको प्रभावले सीमा क्षेत्रमा अवैध क्रियाकलापहरूमा नियन्त्रण स्थापित हुँदै गएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...