Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

स्रोतसाधन हुँदाहुँदै नारायणी अस्पताल किन पछाडि ? — स्वास्थ्य मन्त्रीको प्रश्न

spot_img
spot_img

वीरगंज । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले सोमबार पर्साको नारायणी अस्पतालमा आकस्मिक स्थलगत अनुगमन गर्दै अस्पतालको सेवा प्रवाह, स्रोतसाधनको उपयोग र भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएकी छन्। आकस्मिक कक्षदेखि आईसीयू तथा विभिन्न वार्डहरूको निरीक्षणपछि उनले अस्पताल जीर्ण हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरिन्।

अनुगमनपछि आयोजित अनौपचारिक कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरन्जन साहले अस्पतालको वर्तमान सेवा, चुनौती र आवश्यकताबारे विस्तृत जानकारी गराए।

मन्त्री गौतमले पर्सा जिल्ला तथा आसपासका नागरिकका लागि नारायणी अस्पताल संघीय सरकारले उच्च प्राथमिकतामा राखेको अस्पताल भएको उल्लेख गर्दै, स्रोतसाधन हुँदाहुँदै पनि स्वास्थ्य सेवा पछाडि पर्नु गम्भीर विषय भएको बताइन्। उनले दरबन्दी अनुसार स्वास्थ्यकर्मी नआउने समस्याको समाधानका लागि कार्यकाे उपयुक्त वातावरण बनाउन सबै सरोकारवालाले भूमिका निभाउनुपर्नेमा जोड दिइन्।

अस्पतालको भौतिक संरचना जीर्ण बनेको स्वीकार गर्दै उनले भवन निर्माण प्रक्रियामा देखिएका जटिलता समाधान गर्न सहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गर्ने आश्वासन दिइन्। साथै, वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया टुङ्ग्याई आगामी आर्थिक वर्षको बजेटमा नयाँ भवन निर्माणलाई समावेश गरिने पनि बताइन्।

अस्पतालमा नर्स तथा स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै सेवा अझ प्रभावकारी बनाइने उनको प्रतिवद्धता थियो।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सन्तोष दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, डा. नीरज सिंह, डा. सुरेन्द्र चौधरीलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...