Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

कालिका लघुवित्तद्वारा बिपत्तिग्रस्त परिवारलाई १० लाख ४० हजारको राहत

spot_img
spot_img

सेढवा । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय आठघारे, ठोरी–४ पर्साद्वारा आयोजित राहत वितरण कार्यक्रम संस्थाका प्रदेश प्रमुख तथा अनुगमन अधिकृत गजेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममार्फत बाघमोर्चा कालिका महिला समूहकी सदस्य सोनिया मगरलाई जम्मा १० लाख ४० हजार रुपैया बराबरको राहत हस्तान्तरण गरिएको शाखाले जानकारी दिएको छ । सो राहतमा ५ लाख धितो ऋण मिन्हामा तथा ५ लाख ४० हजार चेकमार्फत प्रदान गरिएको हो ।

राहत प्रदान कार्यक्रममा ठोरी गाउँपालिका–५ का निँ. वडा अध्यक्ष दल बहादुर थापा, स्थानीयवासी, समूह सदस्य, सञ्चारकर्मी, शाखा प्रमुख मनिष किशोर श्रीवास्तव, कर्मचारी पुजा घिसिङ र प्रदीप यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख साहले संस्थाले विपत्तिमा परेका सदस्यहरूको साथ दिन सदैव अग्रसर रहने बताए । उनले भने, “ग्राहक अभिमुख वित्तीय सेवा मात्र होइन, संकटका घडीमा सदस्यलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो । यो राहतले सोनिया मगरको परिवारलाई पुनः उभिन सहयोग होस् भन्ने हाम्रो उद्देश्य हो ।”

राहत ग्रहण गर्दै सोनिया मगरले संस्थाप्रति आभार व्यक्त गर्दै भनिन्, “अचानकको दुर्घटनाले हाम्रो परिवार एकदमै संकटमा थियो । आर्थिक अवस्था कमजोर हुँदा स्थिति झनै कठिन भएको थियो । लघुवित्त संस्थाबाट प्राप्त यो सहयोगले फेरि बाँच्ने आशा जगाइदिएको छ ।”

गत कार्तिक ८ गते मोटरसाइकल दुर्घटनामा उनका श्रीमान् फुर्वा लोचन मगरको निधन भएपछि परिवार आर्थिक तथा मानसिक रूपमा कठोर रुपमा प्रभावित बनेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै कालिका लघुवित्तले राहत कार्यक्रम सञ्चालन गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...