Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

समाजसेवी गौरोद्वारा तीन बालबालिकालाई न्यानो लुगा सहयोग

spot_img
spot_img

सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ उत्तर सुगौलीका युवा समाजसेवी मुकेश गौरोले एक अत्यन्त बिपन्न परिवारका तीन बालबालिकालाई न्यानो लुगा सहयोग गरेका छन् । जगरनाथपुर गाउँपालिका–३ बड्गोटोलका ग्यास मियाँका तीन सन्तानलाई उनले जुत्ता, मोजा, टोपी, स्वीटर लगायतका न्यानो सामग्री वितरण गरेका हुन् ।

सो सहयोग नेपाल राष्ट्र प्राथमिक विद्यालय, बड्गो पुगेर विद्यालय प्रशासनको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

युवा समाजसेवी गौरोका अनुसार समुदायभित्र रहेका जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरूलाई सकेसम्म व्यक्तिगत रूपमा सहयोग गर्दै आएको र नसक्दा सामाजिक सञ्जालमार्फत जानकारी गराउँदा विभिन्न दाताहरूबाट समेत सहयोग प्राप्त हुने बताइएको छ । “समाजका बालबालिकाको आधारभूत आवश्यकताको संरक्षण गर्नु सबै नागरिकको नैतिक दायित्व हो,” गौरोले बताए ।

श्री ने रा प्रा बि बड्गोका प्रधानाध्यापक ओमप्रकाश चौधरीले ती तीन बालबालिकाको न्यानो वस्त्र आवश्यक रहेको भन्दै फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए । सामाजिक सञ्जालमै पोस्ट देखेर गौरोले तुरुन्तै सहयोग अघि बढाएका हुन् ।

समुदायमै मानवता र सहकार्यको उदाहरण प्रस्तुत गर्दै गरिएको यो सहयोगले स्थानीय अभिभावक तथा विद्यालय परिवारले प्रशंसा व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...