Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

रेडियाे वीरगंजमा २७ महिला सहित २०८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । रेडियो वीरगंजकाे २३ औं वाषिर्कोत्सवकाे अवसरमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे मुर्ली बगैचास्थित रेडियाे परिसरमा भएकाे कार्यक्रममा २७ महिला सहित २०८ जनाले रक्तदान गरेका छन् ।

रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पत्रकारहरु शम्भु कुमार सुमन, माधुरी महताे, सुर्यानारायण विक, श्रवण साह, प्रदिप पण्डित, सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रमाेद जयसवाल, सुरज दिप साह, राजेन्द्र भट्टराई, समिर भट्टराई, कुन्दन साह तेली, सिता थापा, मुकेश कुमार साह, चेतना कुमारी अधिकारी, आनन्द कुमार मिश्र, धिरेन्द्र मिश्र, असर्फी राउत गद्दी, शिव कुमार साह लगायतकाले रक्तदान गरेका हुन् ।

भारतिय महावाणिज्य दुतावास, वीरगंजकाे सहकार्यमा भएकाे कार्यक्रममा संघिय सरकारका पूर्व कानुन मन्त्री अजय चाैरसिया, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह,  भारतिय महावाणिज्य दुतावास, वीरगंजका महावाणिज्यदुत देवी सहाय मीना, पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठक, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे टाेलीले प्राविधिक सहयाेग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...