Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सामा माओवादी केन्द्रका ७ युवा नेताले छाडे नेकपा, प्रलोपा प्रवेश गरेको घोषणा

spot_img
spot_img

वीरगंज । वर्षौंदेखि नेकपा माओवादी केन्द्रमा आवद्ध रही विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पर्साका सात जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरी प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्र.लो.पा.)मा प्रवेश गरेका छन्।

पार्टी परित्याग गरी प्रलोपामा प्रवेश गर्नेहरुमा नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, पूर्व पर्सा क्षेत्र नं. २ का क्षेत्रीय इञ्चार्ज अमिताभ बच्चन दास, पूर्व माओवादी नेता सन्तोष राज घिमिरे, पूर्व क्षेत्रीय संयोजक सुनिल रौनियार, कालिकामाई गाउँपालिकाका पूर्व नेता दिनेश प्रसाद यादव, युवा नेता फनिद्रप्रसाद गुप्ता र अखिल क्रान्तिकारी केन्द्रिय लेखा आयोग उपाध्यक्ष गायत्री सिंह रहेका छन्।

शुक्रबार नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमार्फत सातै जनाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न नेतृत्व असफल भएको आरोप लगाए।

उनीहरूले जनवादी केन्द्रीयताको नाममा पुरानै पुस्तालाई निरन्तर अघि सार्दै पार्टीलाई ‘वृद्ध क्लब’ बनाएको तथा विभिन्न पार्टीहरूसँग अनावश्यक एकता गरेर संगठन कमजोर बनाइरहेको बताए। यही कारणले प्रचण्ड नेतृत्वप्रति विश्वास गुमाउँदै आफूहरूले पार्टी एकता गरेर बन्नेकाे नेपाली कम्युनिष्ट पार्टी अस्विकार गरेका वताएका हुन् ।

नेताहरूले आजकै मितिदेखि जनयुद्धका कमाण्डर जनार्दन शर्मा र पूर्व प्रधानमन्त्री समेत रहेकाे माओवादीका पुराना नेता  बाबुराम भट्टराई रहेको प्रगतीशिल लोकतान्त्रिक पार्टीमा लाग्ने घोषणा गरेका छन् । साथै, निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, सामाजिक न्याय, संघीयता र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै वर्गीय मुक्तिसँग जोडिएको नेपाली समाजवाद निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...