Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

जसपा नेपालको २८ बुँदे माग प्रचारमा स्थानीय जनताको उत्साहपूर्ण सहभागिता

spot_img
spot_img

परवानीपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा अघि सारिएको २८ बुँदे मागलाई जन–जनसम्म पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय जनजागरण अभियानको अन्तर्गत पर्सा क्षेत्र नं.–४ परवानिपुर चौकमा आज कार्यक्रम अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम क्षेत्रीय अध्यक्ष सञ्जु साहको अध्यक्षतामा आयोजित गरिएको थियो।

कार्यक्रममा देशमा असमानता, अस्थिरता र अपमानजनक प्रतिनिधित्वको समस्याको समाधानका लागि जसपा नेपालले तीन प्रमुख प्रतिज्ञा प्रस्तुत गरेको छ— प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक समावेशी संसद र जनसंख्या आधारित निर्वाचन क्षेत्र। पार्टीका नेताहरूका अनुसार यस्ता संरचनागत परिवर्तनले मात्र देशमा स्थायित्व, समानता र न्याय सुनिश्चित गर्न सकिन्छ।

कार्यक्रममा युवा, किसान, मजदूर, व्यापारी, महिला तथा Gen-Z वर्गको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको जोश, उत्साह र चासोले समाजमा राजनीतिक सुधार र परिवर्तनको बलियो चाहना रहेको संकेत दियो।

वक्ताहरूले जसपा नेपालको २८ बुँदे माग साधारण राजनीतिक कागज नभई समानता र समावेशितामूलक राज्य संरचना निर्माणको राष्ट्रिय प्रतिज्ञा भएको उल्लेख गर्दै यसको महत्व जनतामाझ स्पष्ट पारे।

परवानिपुरका स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै नेताहरूले जनताको समर्थन र हौसलाले अभियान अझ मजबुत बनेको प्रतिक्रिया दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...