Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

ग्रीन ल्याण्ड सेकेन्डरी स्कुलले जित्यो वीरगंज स्कुल्स कप

spot_img
spot_img

वीरगंज । भीएस पावरप्ले टी–२० च्यालेन्ज वीरगंज स्कुल्स कप २०८२ अन्तर्गत बुधबार सम्पन्न फाइनल खेलमा ग्रीन ल्याण्ड सेकेन्डरी स्कुलले बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुललाई १ विकेटले पराजित गर्दै विजयको ट्रफी उचाल्न सफल भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बाल एकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०४ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो । जवाफमा मैदान उत्रिएको ग्रीन ल्याण्डले तनावपूर्ण अवस्थामासमेत दृढ प्रदर्शन गर्दै १६.४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै रोमाञ्चक जित हात पार्‍यो ।

फाइनलमा ग्रीन ल्याण्डका सोहेब शेखले २३ रन बनाउनुका साथै १ विकेट समेत लिए । उनको सर्वाङ्गीण प्रदर्शनका आधारमा म्यान अफ द म्याच घोषित गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई, पर्साका उप–सचिव तथा इकाइ प्रमुख मोती प्रसाद भट्टराईले विजेता टिमलाई टफी र पुरस्कार प्रदान गरे । सोही अवसरमा पाब्सन केन्द्रीय समितिका सदस्य छेडुप लामा, कुसानका उपाध्यक्ष बसु कर्ण, पत्रकार अभिलाष गुप्ता, शिक्षा विकास तथा समन्वय इकाइका उप–प्रमुख गोपाल जी साहलगायतको उपस्थितिमा उप विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

उपाधिसँगै अन्य उत्कृष्टता उपाधिहरू पनि वितरण गरिएको थियो । बाल एकता सेकेन्डरी स्कुलका रोहित शाहले ८९ रनको दमदार प्रदर्शन गर्दै श्रेष्ठ ब्याटरको उपाधि हात पारे भने ग्रीन ल्याण्डका सोहेब शेखले १०.२ ओभरमा १० विकेट लिँदै श्रेष्ठ बलर, १० विकेट र ७३ रनको योगदानसहित टुर्नामेन्ट अफ द सिरिज दुवै उपाधि जित्न सफल भए । ग्रीन ल्याण्डकै समीर हवारी बेस्ट विकेटकिपर घोषित भए । बाल एकता अंग्रेजी बोर्डिङ स्कुलका आदित्य यादवले उत्कृष्ट फिल्डिङ प्रदर्शन गर्दै श्रेष्ठ फिल्डर बने।

त्यसैगरी, उदीयमान खेलाडीको उपाधि ११ वर्ष मात्र उमेर रहेका राहुल यादवले ३ खेलमा ८ विकेट लिँदै हात पारे, जसले भविष्यको सम्भावना उजागर गरेको छ । श्रेष्ठ अल–राउन्डरमा साउथ जोन सेकेन्डरी स्कुलका मिस्बाबुल अन्सारीले ५० रन तथा ६ विकेटको प्रदर्शनसहित अवार्ड जिते । यस्तै फेयर–प्ले टिमको सम्मान पनि साउथ जोन सेकेन्डरी स्कुलले प्राप्त गर्‍यो ।

प्रतियोगिताले वीरगंज रहेको विद्यालय स्तरीय क्रिकेट प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...