Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

स्कुल कप टी–२०: बाल एकता र ग्रीन ल्यान्ड फाइनलमा

spot_img
spot_img

वीरगंज । भिएस पावरप्ले टी–२० चैलेन्ज अन्तर्गत जारी वीरगंज स्कुल कप २०८२को पाँचौँ दिन शुक्रबारका सेमिफाइनल खेलहरू सकिँदा बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल उपाधि प्रतिस्पर्धामा प्रवेश गर्न सफल भएका छन्।

पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनाएको थियो। जवाफमा मैदान उत्रिएको विद्या साधन सेकेन्डरी स्कूल मात्र १४.३ ओभरमै ४९ रनमा समेटिँदा बाल एकताले ७५ रनको फराकिलो अन्तरमा जित सुनिश्चित गर्यो। शानदार ३१ रन प्रहार गरेका मनिभुषण यादव ‘म्यान अफ द म्याच’ घोषित भए।

यस्तै दोस्रो सेमिफाइनलमा साउथ जोन सेकेन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले सन्तुलित खेल प्रदर्शन गर्दै १९ ओभरमै ७ विकेट गुमाउँदै ११० रन पूरा गर्यो र ३ विकेटको जित हात पार्दै फाइनलमा प्रवेश गर्यो। ३१ रनसहित ३ विकेट झारेका सोहेब शेख ‘म्यान अफ द म्याच’ बने।

प्रतियोगिता उत्कर्षमा पुगेसँगै अब उपाधिका लागि बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलबीच रोमाञ्चक भिडन्त हुने भएको छ। फाइनल खेल भोलि बिहान १० बजे नारायणी क्रिकेट ग्राउन्ड वीरगंजमा हुनेछ। विद्यालय क्रिकेटलाई वीरगंजमा अझ मजबुत रूपमा स्थापित गर्ने उद्देश्यले विद्या साधन सेकेन्डरी स्कूलले प्रतियोगिताको आयोजना गरेको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...