Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

लागुऔषध दुरुपयोग रोकथामसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम आइडिएल बोर्डिङ स्कूल, छपकैयामा सम्पन्न भएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा आयोजित कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा सामुदायिक प्रहरी प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई लागुऔषधको असर, जोखिम, कानुनी परिणाम, सामाजिक प्रभाव तथा किशोर–किशोरीलाई लागुऔषधको जोखिमबाट जोगाउन परिवार र समुदायको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रियाज मिया तेलि, वडा सदस्य बसिर मिया, स्कूल निर्देशक शौकत अली, प्रिन्सिपल विकास राईलगायतको विशेष उपस्थिति रहेको थियो।

वक्ताहरूले विद्यालय स्तरमै सुरु हुने सचेतनाले बालबालिकालाई गलत बाटोबाट जोगाउन महत्वपूर्ण प्रभाव पार्ने भन्दै निरन्तर जनचेतनामूलक गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सुरक्षा निकायलाई खबर गर्न र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...