Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

लागुऔषध दुरुपयोग रोकथामसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम आइडिएल बोर्डिङ स्कूल, छपकैयामा सम्पन्न भएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा आयोजित कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा सामुदायिक प्रहरी प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई लागुऔषधको असर, जोखिम, कानुनी परिणाम, सामाजिक प्रभाव तथा किशोर–किशोरीलाई लागुऔषधको जोखिमबाट जोगाउन परिवार र समुदायको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रियाज मिया तेलि, वडा सदस्य बसिर मिया, स्कूल निर्देशक शौकत अली, प्रिन्सिपल विकास राईलगायतको विशेष उपस्थिति रहेको थियो।

वक्ताहरूले विद्यालय स्तरमै सुरु हुने सचेतनाले बालबालिकालाई गलत बाटोबाट जोगाउन महत्वपूर्ण प्रभाव पार्ने भन्दै निरन्तर जनचेतनामूलक गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सुरक्षा निकायलाई खबर गर्न र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...