Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कटहरिया नगरपालिका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा नक्कली जनचेतनामूलक डकुमेन्ट्री निर्माण प्रकरणमा संलग्न ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा जनचेतना अभिवृद्धि उद्देश्य राखिएको डकुमेन्ट्री निर्माणको नाममा नक्कली काम देखाई सरकारी रकम हिनामिना गरिएको आयोगको ठहर छ । यही आरोपमा मंगलबार आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार नगरपालिकाले वार्षिक कार्यक्रम तथा बजेट विनानै बदनियतपूर्ण ढङ्गले ‘सरिता फाउन्डेसन’लाई डकुमेन्ट्री निर्माणको जिम्मा दिएको मात्र नभई सम्झौता विपरीत नगरप्रमुखको प्रशंसा मात्र गरिएको भिडियो तयार गरिएको थियो । सो भिडियो कतै प्रसारण नभएको, नक्कली कागजात सिर्जना गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानले पुष्टि गरेको छ ।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, लेखापाल विवेक कुमार सहनी, सहायकस्तरका कर्मचारी राम नरेश प्रसाद यादव, उमेश कुमार दास तत्मा, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्र तथा सरिता फाउन्डेसनकी निर्देशक सरिता कुमारी साह रहेका छन् ।

आयोगले उनीहरूविरुद्ध ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो तोकी सोही रकम बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...