Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पर्सागढीमा बाघको आक्रमण, घाँस काट्न गएकी महिला गम्भीर घाइते

spot_img
spot_img

सेढवा । पर्साको पर्सागढी नगरपालिका–३ झुलिटारमा साेमबार बिहान बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। स्थानीय ५५ वर्षीया शान्तामाया श्रेष्ठ घाँस काट्न जङ्गल गएका बेला बाघले आक्रमण गरेको हो।

जगतबहादुर श्रेष्ठकी श्रीमती शान्तामाया श्रेष्ठ गाउँ नजिकैको सबैया साझेदारी वनअन्तर्गत चिसापानी जङ्गल क्षेत्रमा अन्य महिलाहरूका साथ घाँस काटिरहेकी बेला बाघ अचानक आइपुगेको स्थानीय eyewitness हरूले बताएका छन्। साथमा रहेका महिलाहरूको चर्को चिच्याहटपछि बाघ भागे पनि श्रेष्ठको गाला, मुख, घाँटी र आँखामा गम्भीर चोट लागेको छ।

उनीलाई तत्काल उपचारका लागि वीरगंजस्थित नेशनल मेडिकल कलेज लगिएको र अहिले उपचार भइरहेकाे स्थानीयहरूले जानकारी दिएका छन्।

हिउँदको समयमा पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय क्षेत्रका जङ्गली जनावर—विशेषगरी हात्ती, बाघ र गैँडा—बस्ती नजिकै आउने तथा आक्रमण बढ्ने क्रम बढ्दै आएको छ। यसले वर्षेनी मानवीय तथा भौतिक क्षति निम्त्याइरहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...